अब वैदेशिक रोजगारमा जान श्रम स्वीकृति भैरहवाबाट नै हुने
वि.सं.२०७९ असार २ बिहीवार ११:००
shares
काठमाडौं, २ असार । वैदेशिक रोजगारमा जान श्रम स्वीकृति अब भैरहवाबाट नै हुने भएको छ । भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखा स्थापना भएसँगै स्वीकृति हुने भएको हो ।
रोजगारीका लागि विदेश जाने कामदारले श्रम सम्बन्धि सम्पुर्ण काम यहि शाखाबाट गर्न सक्ने छन् ।
यो भन्दा अगाडि सम्म श्रम सम्बन्धि कामहरु काठमाडौंबाट मात्र हुँन्थ्यो अब भैरहवाबाट पनि हुने भएको छ ।
बुधबार श्रम रोजगार तथा सामाजिक विकास मन्त्री किसान श्रेष्ठले उद्घाटन गरे पश्चात उक्त शाखा सञ्चालनमा आएको हो ।
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान संचालन भएसँगै पायक पर्ने श्रमिकलाई सहज बनाउनका लागि वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको मन्त्री श्रेष्ठको भनाई छ ।
उक्त शाखा कार्यालयमा अहिले शाखा अधिकृतस्तरको कर्मचारी सहितको टिमबाट सेवा सुरु गरेका छन् । अब केहि दिनमै उपसचिव दरबन्दी सहितको टोलि व्यवस्थापन गर्ने मन्त्रालयको भनाई छ ।















