एमाले अध्यक्ष ओलीले लगाए बुबा मोहनप्रसादको हातबाट टीका
वि.सं.२०७९ असोज १९ बुधवार १२:२०
5.4K
shares
shares

काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टिका लगाएका छन् । दशैँ मनाउन झापा पुगेको ओलीले भद्रपुर नगरपालिका पृथ्वीनगरमा बुबाका हातबाट टीकाको साइतमा टीका ग्रहण गरेका हुन् ।
तीन दिनअघि घर गएका ओलीले दमकस्थित निवासमा बिहान ११ बजेर ५१ मिनेटको शुभसाइमा टीका लगाएका हुन् । ५१ सालदेखि बर्सेनि महानवमीको दिन पारेर ओलीले झापामा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएका छन् । ओली आजै काठमाडौं फर्कने बताइएको छ ।



















