Dhulikhel Eco Banner new

दिउँसो २ जबेसम्म जबाफ पेश गर्न प्रधानमन्त्रीलाई आयोगको आग्रह

5.45K
shares

काठमाडौं, २५ असोज । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय प्रदा नगरिएको हो ।

देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले आज २ बजेसम्म जवाफ दिइसक्नु पर्नेछ । डडेलधुराबाट उम्मेदवारी दिएका प्रधानमन्त्री देउवाको मनोनयनविरुद्ध सोमबार निर्वाचन अधिकृतको कार्यालय डडेलधुरामा उजुरी परेको थियो ।

निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो । सो समयमा मल्लले देउवाका विरुद्धमा उजुरी दिएका थिए ।