Dhulikhel Eco Banner new

१२ निर्वाचन क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक, कहाँ कुन दलको अग्रता ?

5.64K
shares

काठमाडौं, ५ मंसिर । आइतबार देशभर भएको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनि हुन थालेको छ । पछिल्लो पटक देशका १२ वटा क्षेत्रको सुरुवाती मत परिणाम सार्वजनिक भएको हो ।
सुरुवाती रुपमा आएको मतपरिणाम अनुसार नेकपा एमालेले ७ स्थानमा अग्रता लिएको छ । त्यस्तै नेपाली कांग्रेसले ३ स्थानमा अग्रता लिदा राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले एक एक क्षेत्रमा अग्रता लिएका छन् ।

नेकपा एमालेले ललितपुरका तीन वटै निर्वाचन क्षेत्रमा सुरुवाती अग्रता बनाएको छ । त्यस्तै धनुषा क्षेत्र नम्बर ३, बाँके क्षेत्र नम्बर ३ र काठमाडौं क्षेत्र नम्बर ७ मा सुरुवाती अग्रता लिएको छ । त्यस्तै झापा क्षेत्र नम्बर २ मा पनि एमालेले अग्रता लिएको छ ।

त्यस्तै कांग्रेसले भक्तपुर क्षैत्र नम्बर २, काठमाडौं क्षेत्र नम्बर १ र मनाङमा सुरुवाती अग्रता लिएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ मा अग्रता लिएको छ । जनमत पार्टीले सप्तरी २ मा चन्द्रकान्त रावत (सीके) ले अग्रता लिएका छन् ।