Dhulikhel Eco Banner new

सहरी विकासमन्त्री चौधरीले भने– सुकुम्बासीलाई अपार्टमेन्टमा सार्छौँ

6.53K
shares

काठमाडौं, १६ मंसिर । सहरी विकासमन्त्री मेटमणी चौधरीले सुकुम्बासीहरुलाई नागार्जुन नगरपालिका वडा नम्बर १ मा रहेका अपार्टमेन्टमा व्यवसस्थापन गरिने बताएका छन् । अपाटमेन्टको निरिक्षणमा पुगेका मन्त्री चौधरीेले केटिएम भ्वाइससँगको कुराकानीका क्रममा सुकुम्बासीको पहिचान गरेर व्यवस्थापन गरिने बताएका हुन् ।

राज्यको लगानी गरेर बनेको भवनहरु प्रयोगविहीन बनेको अवस्थामा यसलाई सदुपयोग गर्नु पर्ने उनको भनाइ छ । ‘सबै नागरिकको दायित्व राज्यको भएकाले कसैले पनि मेरै गोरुको बाह्रैटक्का गर्न हुँदैनन्,’ उनले भने । यो विषयमा सुकुम्बासीसँग छलफल गरेर काम गरिने बताए ।

सुकुम्बासीहरुका विषय चर्केको समयमा यसलाई व्यवस्थापन गर्नका लागि आफूले पहल गर्ने मन्त्री चौधरीको भनाइ थियो । सुकुम्बासीको पहिचान गरेर यो ठाउँमा बसाउनु पर्ने र ठाउँ पनि उपयुक्त रहेको मन्त्री चौधरीले बताए । ‘राज्य सुकुम्बासी प्रति जबाफलदेही हुने कुरा आफ्नो ठाउँमा छ तर सुकुम्बासीले भनेको ठाउँमाभन्दा पनि सरकारले उपयुक्त ठानेको स्थानमा व्यवस्थापन गर्ने हो,’ मन्त्री चौधरीले भने ।