Dhulikhel Eco Banner new

नगरपालिकाबाटै आपराधिक कार्य भयो : एमाले

5.5K
shares

काठमाडौं, १४ फागुन । नेकपा एमाले मध्यपुर नगरकमिटीले मध्यपुर थिमी नगरपालिकाले अपराधिक कार्य गरेको आरोप लगाएको छ । नगरकमिटिले आइतबार विज्ञप्ति जारी गर्दै नगरपालिका प्रमुख र उपप्रमुखकै उपस्थितिमा एमाले कार्यकर्तामाथि आक्रमण भएको भन्दै नगरपालिकाले नै आपराधिक कार्यलाई संरक्षण गरेको एमालेको आरोप लगाएको हो ।

विज्ञप्तिमा नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठकै उपस्थितीमा एमालेका कार्यकर्तामाथि आक्रमण भएको विषय गम्भीर रहेको भनिएको छ । प्रमुख र उपप्रमुखकै नेतृत्वमा ६०–७० जनाको उपस्थितिमा नगरकमिटी सचिव सुमन जोसीलाई भौतिक आक्रमण गरी उपप्रमुख श्रेष्ले आफ्नो पदीय मर्यादालाई ख्याल नगरी आक्रमण गर्न लागएको एमालेले आरोप लगाएको छ । नगरपालिकाले विकासका नाममा कार्यकर्ता संरक्षण गर्न नगरपालिकाको बजेटको दुरपयोग गरी गैरकानुनी गतिविधि गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले विकासको नाममा उपभोक्ता समितिको गठनलाई कानुन संम्वत गर्न आग्रह समेत गरेको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित उज्वल श्रेष्ठको अध्यक्षतामा विना कुनै जानकारी वडा नं. ४ र ५ स्थित दुई पोखरीदेखी हात्ति महाकालसम्म ढुङगा छाप्ने उपभोत्ता समिति गठन गरेको थियो । त्यो कार्यलाई संशोधन गरेर कार्यविधि अनुसार स्थाीनयलाई सूचना दिइ, वडाको प्रत्यक्ष रोहवरमा सूचना टाँस गरी उपभोक्ता समिति गठन गर्नु पटक पटक आग्रह गदौ पनि त्यस विपरित काम भइरहेको एमालेको आरोप छ ।