Dhulikhel Eco Banner new

सुकुम्वासीलाई गैर नागरिकको जस्तो व्यवहार भयो : अध्यक्ष कार्की

4.93K
shares

काठमाडौं, १ फागुन । संयुक्त राष्ट्रिय सुकुम्वासी संघका अध्यक्ष कुमार कार्कीले सुकुम्वासीलाई गैर नागरिकको जस्तो व्यवहार भएको दुखेसो गरेका छन् । बुधबार माइतीघर मण्डलामा आयोजित धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले सुकुम्वासीलाई पनि अन्य नागरिक सरह समान व्यवहार गरी सुकुम्वासीको अधिकार सुनिच्चीत हुनु पर्ने बताए हुन् ।

सुकुम्वासीलाई तर्साएर धपाउँछु भन्ने सपना नदेख्न चेतावनी दिदै सुकुम्वासीको अधिकार सुनिच्चीत गराउने तर्फ ध्यान दिन उनले सरकारलाई आग्रह समेत गरे । ‘हामीले बस्तिको रक्षाको निम्ति सुरक्षाको निम्ति र हुकुम बहादुर लामा लगायतलाई मुद्दा लागेको छ उहाँहरूको रिहाइको लागी आन्दोलन गर्नु परेको हो,’ उनले भने, ‘हाम्रा भूमि अभियन्ता साथीहरू अपराधी होइनन् । हामी सबैको सामूहिक पहलबाट, सहकार्यबाट हामीले सुकुम्वासी मुक्त राष्ट्र निर्माणको कल्पना गरेका छौ । हामी देशका श्रम शक्ति हौँ । यस देशको सम्भाहक पनि सुकुम्वासी हौँ । हामी यहि देशका नागरिक हौ यहि देशको नागरिक भएकोले भूमिको र हाम्रो सुकुम्वासीको अधिकार सुनिश्चित हुनु पर्छ ।’

नेपाल महिला एकता संघको अध्यक्ष मुना बज्राचार्यले, आफुहरुले भिख नमागी अधिकार मागेको बताइन् । ‘हामीलाई संविधानमा भएको अधिकार देऊ भन्दा हाम्रा साथीहरूलाई जबरजस्ती गरे खुकुरी देखाएर आतंक फैलाएर अतिक्रमणकारी हो भन्ने अफबाहव फैलाएर जुन खालको घृणीत कार्यप्रति आपत्ति छ,’ उनले भनिन् ।