Dhulikhel Eco Banner new

गोलबजारका मेयर श्रेष्ठमाथिको आक्रमणमा संलग्नलाई कारबाही गर्न एमालेकाे माग

4.62K
shares

काठमाडौं, १५ चैत । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन् ।

उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग समेत अवरुद्ध पारिएको छ । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । पूर्वमन्त्री तथा नेकपा एमालेका संघीय सांसद लीलानाथ श्रेष्ठका भाइ समेत रहेका उनीमाथि आक्रमणको प्रयास गर्दा बचाउमा एमालेका कार्यकर्ताहरू सडकमा उत्रेका छन् ।

कार्यालयबाट बाहिर जाने क्रममा मेयर श्रेष्ठमाथि केहि व्यक्तिले मोबिल छ्यापेका थिए । सोमध्ये नरहा गाउँपालिका ४ का ४३ वर्षीय साधु चरण महरालाई प्रहरीले पक्राउ गरेको छ । उनी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को कार्यकर्ता छन् । सो पार्टीको जनसंघर्ष परिचालन समितिको पर्चा समेत गोलबजार नगरपालिका क्षेत्रमा फेला परेको थियो ।

उक्त पर्चामा मेयर श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ । पक्राउ परेका महरा र सो घटनामा संलग्न अन्यलाई समेत पक्राउ गरी कडा कारबाही गर्नुपर्ने एमालेका युवाहरूको माग छ ।