GBIME

प्रधानमन्त्रीलाई कार्यालय सहयोगी बराबरको सम्मानले मुलुकको शीर निहुरियो : सांसद शाही

1.25K
shares

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भारत भ्रमणमा प्रधानमन्त्रीलाई कार्यालय सहयोगीको बराबर सम्मानले मुलुकको शीर निहुरिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको सम्मानमा देशको सम्मानसँग जोडिएको हुनाले भारतमा गरेका गतिविधिहरुले नेपालको शीर निहुरिएको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने माग गरे ।

उनले भने, प्रधानमन्त्री व्यक्ति होकि यो राष्ट्रको कार्यकारी प्रमुख हो ?  प्रधानमन्त्रीको सम्मानमा यो देशको सम्मान जोडिएको छ । यदि व्यक्तिगत रुपमा भ्रमणमा जानु भएको हो भने हाम्रो आपत्ति छैन । तर देशको एउटा प्रधानमन्त्रीलाई कुनै देशको कार्यालय सहयोगीको बराबर तपाईको सम्मानले आज मुलुकको शीर निहुरो परेको छ । यसको जवाफ प्रधानमन्त्रीले संसदमा दिनुपर्छ । किनभने यो मुलुकको कुरा हो । ’

उनले भारत भ्रमणभन्दा अगाडि विधेक प्रमाणीकरण गर्न के आपत्ति आयो भनेर प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरण गर्दा प्रधानमन्त्रीलाई राष्ट्रपति न्यायाधीश जस्तो लाग्यो कि के हो भन्दै जवाफ मागेका छन् ।