Dhulikhel Eco Banner new

नारायणकाजीले बालकोट पुगेर सुटुक्क भेटे ओलीलाई

6.2K
shares

काठमाडौं, ३० जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । आइतबार नेता श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

दुई नेताहरुबीच करिब दुई घण्टा कुराकानी भएको नेता श्रेष्ठ निकट माओवादीका एक नेताले बताए । ती नेताले भने, ‘हिजो उहाँहरु बालकोट जानुभएको कुरा सत्य हो । तर उहाँहरुबीच केके बिषयमा कुराकानी भयो भन्ने हामीलाई जानकारी छैन ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै सहमतिमा नेता श्रेष्ठ बालकोट पुगेको ती नेताको बुझाइ छ । स्थानीय तहको निर्वाचनका कांग्रेससँगको गठबन्धनबाट सोचेजस्तो नजिता प्राप्त हुन नसकेपछि एमाले माओवादीभित्र वाम गठबन्धनको चर्चा चलिरहेको छ । गठबन्धनमा रहेका दलहरूको तिव्र असन्तुष्टिका बीच ओली–श्रेष्ठ भेटले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ ।