GBIME

सिक्लेस हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने

1.49K
shares

काठमाडौं १० असोज । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ भोलि अर्थात मंगलबार बाँडफाँट हुने भएको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहानको ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ आइपीओ प्रि अलोटमेन्ट असोज ७ गते शुक्रवार भइसकेको छ ।

उक्त आइपीओमा झन्डै १६ गुणा बढीले आबेदन परेको छ। सिडीएस एंड क्लियरिंग लिमिटेडका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट १ करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।जस मध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने गरि निष्काशन गरेको थियो ।