GBIME

पिपुल्स हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट हुने

1.24K
shares

काठमाडौं, ६ मंसिर । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि अर्थात बुधबार बाँडफाँट हुँदै छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट हुनेछ । यस आईपीओमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए ।

यस आधारमा ५ लाख १५ हजार ७८८ जनाले मात्र यसको १० कित्ताका दरले शेयर पाउनेछन् ।

कम्पनीले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ निष्कासन गरेको थियो । त्यसमा २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो ।

बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।