Dhulikhel Eco Banner new

नेपालको अर्थतन्त्र र पुँजी बजार बारे सिड्नीमा अन्तरक्रिया

5.46K
shares

काठमाडौं, १५ फागुन । अष्ट्रेलियाको सिड्नीमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सिड्नीको पारामाटामा रहेको ईन्टरनेशनल ईन्स्टिच्युट अफ एजुकेशनमा नेपालको अर्थतन्त्र र पुँजी बजार सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत (सीईओ) मेख बहादुर थापाले नेपाली अर्थतन्त्र र पुँजी बजारको विविध आयाम बारे जानकारी दिएका थिए । एनआरएनए अष्ट्रेलियाका राष्ट्रिय कोषाध्यक्ष अनिल पोखरेल (सीपीए) को उपस्थितिमा भएको उक्त कार्यक्रमको संयोजन राजु पोखरेल र दीपेन्द्र पन्तले गरेका थिए । कार्यक्रममा सिड्नी शहरमा बसोबास गर्ने एनआरएनए र सीए/सीपीए समूहका व्यक्तिहरुको उत्साहनजक सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सीईओ थापाले नेपालको अर्थतन्त्रको बिबिध विषयवस्तुका साथै पुँजी बरामो भइरहेको पछिल्लो गतिविधिबारे पनि जानकारी दिएका थिए । साथै शेयर बजारको प्राविधिक सुधार र अन्य गतिविधिहरुका बारेमा समेत थापाले जानकारी दिएका थिए । नेपालको पुँजी बजारमा रहेका लगानीका विभिन्न उपकरण मार्फत नेपाली पुँजी बजारमा लगानी गर्दा कसरी लगानी गर्न सकिन्छ र त्यसबाट प्राप्त हुने अवसर र चुनौतिका विषयमा पनि सहभागिहरुलाई जानकारी दिइएको थियो ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले एनआरएनएले लामो समयदेखि पहल गर्दै आएको नागरिकता र लगानी सहजिकरणका बिषयमा तथा राजनीतिक बाहेक अन्य अधिकारको बिषयमा भएका पछिल्ला गतिविधिहरुका बारेमा जानकारी दिएका थिए । पोखरेलले नेपालको पुँजी बजारमा आवश्यक पर्दा एनआरएनहरुले लगानी बापतको आम्दानीसँगै लगानी रकम समेत फिर्ता लाने संयन्त्रको बारेमा समेत चासो व्यक्त गरेका थिए ।