Dhulikhel Eco Banner new

ग्लोबल मनि विकको अवसमार प्रभु क्यापिटलको वित्तीय साक्षरता कार्यक्रम

8.13K
shares

काठमाडौं, १० चैत । विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा प्रभु क्यापिटलले पुँजीबजार सम्बन्धमा युवा केन्द्रित वित्तीय चेतनामूलक कार्यक्रम गरेको छ । क्यापिटलले काठमाडौंको मैतिदेवीमा रहेको यूनिभर्सल कलेजमा बीबीएमा अध्ययनरत विद्यार्थीका लागि चेतनामूलक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा कलेजका ५० जनाभन्दा बढी विद्यार्थीहरु कार्यक्रममा सहभागी रहेका थिए । उक्त तालिम कार्यक्रममा प्रभु क्यापिटल लिमिटेडका योजना व्यवस्थापक सौगात पन्तले विद्यार्थीहरुलाई शेयर बजार, प्राथमिक तथा दोस्रो बजारसम्बन्धी आधारभूत कुराहरु, शेयर बजारमा दीर्घकालीन तथा अल्पकालीन लगानी गर्दा पाइने प्रतिफलसम्बन्धी विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा शेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।