Dhulikhel Eco Banner new

ब्याजदर घटाउने निर्णय पछि शेयर बजारमा हरियाली, करिब १०० अंकको वृद्धि

4.99K
shares

काठमाडौं, २९ चैत । शेयर बजार परिसूचक बुधबार करिब १०० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा शेयर बजार ९२ दशमलव २२ अंकले बढेको हो । यो अघिल्लो दिनको तुलनामा ४.९३ प्रतिशतले बढी हो ।

बुधबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९६३ दशमलव ५५ विन्दुमा पुगेको छ । आज शेयर बजारमा २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता शेयर किनबेचबाट १ अर्ब ९७ करोड ६० लाख ७६ हजार ७३२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १८ दशमलव २५ अंकले बढेको छ । आजको कारोबार बन्द हुँदा सेन्सेटिभ इन्डेक्स ३७१ दशमवल ७३ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले उकालो लागेको छ । कारोबार भएका सबै कम्पनीको शेयर बढेको छ ।