Dhulikhel Eco Banner new

सिटि होटलको आईपीओमा ४ गुणा बढी आवेदन

4.52K
shares

काठमाडौं, २६ वैशाख । सिटी होटल लिमिटेडको आईपीओमा दुई दिनमा मागभन्दा ४ गुण बढी आवेदन परेको छ । सोमबारदेखि बिक्री खुला भएको आईपीओमा मंगलबार साँझ ५ बजेसम्म ४.४३ गुणा बढी आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझसम्म ५ लाख ३० हजार १५८ जनाले आवेदन दिएका छन् । जसबाट ६० करोड १४ लाख ४८ हजार रुपैयाँ बराबरको ६० लाख १४ हजार ४८ कित्ता शेयरको लागि आवेदन परेको हो । होटलले सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९४० कित्ता शेयर निष्काशन गरेका छ ।

कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये पहिलो चरणमा, १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरुका लागि निष्काशन गरिसकेको छ । त्यस्तै ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सक्नेछन् ।