Dhulikhel Eco Banner new

शेयर बजारमा मात्रै ४ अंकको सुधार, कारोबार रकममा पनि वृद्धि

8.24K
shares

काठमाडौं, २४ जेठ । शेयर बजारमा बुधबार ४ अंकको सुधार भएको छ । आज ४ दशमलव ६८ अंकको सुधार आएर शेयर बजार परिसूचक १९३२ दशमलव ३३ विन्दुमा पुगेको छ ।

बुधबार २६१ कम्पनीका ६५ लाख ४१ हजार ३८८कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३८ अंकले बढेको छ । ० दशमलव ३८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६५ दशमलव ४७ विन्दुमा पुगेको छ ।