Dhulikhel Eco Banner new

शेयर बजारमा ६२ अंकको सुधार, कारोबार रकम ६ अर्ब माथि

6.94K
shares

काठमाडौं, १० असार । कारोबारको पहिलो दिन शेयर बजारमा ६२ अंकको सुधार भएको छ । आज ६२ दशमलव २१ अंकले सुधार आएको शेयर बजार परिसूचक २११७ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आइतबार २७५ कम्पनीका १ करोड ४७ लाख ५१ हजार २४७ कित्ता शेयर खरिद बिक्री हुँदा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९ दशमलव ६४अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९५ दशमलव ४५ विन्दुमा पुगेको छ ।