शेयर बजारमा ३९ अंकको गिरावट, कारोबार रकम ४ अर्ब ५ करोड
वि.सं.२०८० असार २० बुधवार १५:०५
6.81K
shares
shares

काठमाडौं, २० असार । साताको कारोबारको चौथो दिन शेयर बजारमा गिरावट आएको छ । आज ३९ दशमलव २६ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०४९ दशमलव ४४ विन्दुमा पुगेको छ ।
बुधबार २७७ कम्पनीका ८ लाख ९२ हजार ९६९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ७ करोड ३९ लाख ९२ हजार १३६ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव ८९ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव ७४ विन्दुमा पुगेको छ ।



















