Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार रकम ३ अर्ब ७ करोड

5.33K
shares

काठमाडौं, २१ असार । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा केहि गिरावट आएको छ । आज ० दशमलव ०६ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०४९ दशमलव ३८ विन्दुमा पुगेको छ ।

बिहीबार २८० कम्पनीका ९७ लाख ५१ हजार ९८५ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ० दशमलव ५८ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव १६ विन्दुमा पुगेको छ ।