आजपनि बढेन शेयर बजार, कारोबार रकम २ अर्ब ४२ करोड
वि.सं.२०८० साउन ११ बिहीवार १६:०६
6.24K
shares
shares

काठमाडौं, ११ साउन । पछिल्लो समय शेयर बजार लगातार रुपमा ओरालो लागेको छ । त्यस्तै साताको कारोबरको अन्तिम दिन आज पनि शेयर बजारमा गिरावट आएको छ । आज २९ दशमलव ७१ अंकले गिरावट आएको शेयर बजार परिसूचक २१२६ दशमलव ४८ विन्दुमा पुगेको छ ।
बिहीबार २७१ कम्पनीका ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ५ दशमलव २६ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ४०३ दशमलव ८४ विन्दुमा पुगेको छ ।



















