Dhulikhel Eco Banner new

आजपनि बढेन शेयर बजार, कारोबार रकम २ अर्ब ६८ करोड

6.11K
shares

काठमाडौं, २१ साउन । पछिल्लो समय लगातार रुपमा शेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको कारोबारको पहिलो  दिन आज शेयर बजारमा ३८ दशमलव ३७ अंक घटेको छ । ३८ अंकले घटेको शेयर बजार परिसूचक २०५१ दशमलव ४७ विन्दुमा पुगेको छ ।

आइतबार २६५ कम्पनीका ८० लाख ७ हजार ३६१ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ७ दशमलव ५२ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३९२ दशमलव ०२ विन्दुमा पुगेको छ ।