Dhulikhel Eco Banner new

एकदिन पनि टिकेन शेयर बजारको हरियाली

9.95K
shares

काठमडौं, १० असोज । हिजो अर्थात् मंगलबार दोहोरो अंकको सुधार आएको शेयर बजार आज फेरी दोहोरो अंकले घटेको छ । आज १८ दशमलव ६० अंकको गिरावट आएको शेयर बजार २ हजार ४ दशमलव ३० विन्दुमा पुगेको छ ।

आज २८२ कम्पनीको ७० लाख ६१ हजार ४०४ कित्ता शेयर खरिद बिक्रि हुँदा १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गको कम्पनीको मापन सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ३ दशमलव २९ अंकले गिरावट आएको सेन्सेटिभ इन्डेक्स ३८२ दशमलव ९४ विन्दुमा पुगेको छ ।