उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक
वि.सं.२०८१ असोज २० आइतवार १५:२०
3.2K
shares
shares

काठमाडौं, २० असोज । आइतबार ५६.०८ अंकले बढेको शेयर बजारमा न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।
यसदिन मध्य भोटेकोशी जलविद्युतको लगानीकर्ताले ९.७६ प्रतिशतका दरले कमाएका छन् भने इष्र्टन हाइड्रोपावरका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी गुडवील फाइनान्सका लगानीकर्ताले ९.२७ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ८.१४ प्रतिशतका दरले कमाएका छन् ।



















