सिवाईसी नेपाल लघुवित्तको शेयर नेप्सेमा सूचीकृत
वि.सं.२०७९ जेठ २७ शुक्रवार १८:१४
shares

काठमाडौं, २७ जेठ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको १२ लाख १६ हजार ४१८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तको शेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार अर्को साता लघुवित्तको शेयर कारोबारमा आउनेछ । लघुवित्तको शेयरलाई नेप्से सिवाईसीएल (ऋथ्ऋी) कारोबार संकेत प्रदान गरेको छ ।




















