Dhulikhel Eco Banner new

सामान्य अंकले शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.16K
shares

काठमाडौं, ३ माघ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.३३ अंकले बढेर २,५८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८९ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन कारोबार रकम पनि बढेर ५ अर्ब ९३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा बोटलर्स नेपाल, विन नेपाल लघुवित्त र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

यसदिन अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने एनआईसि एशिया सेलेक्ट फण्डका लगानीकर्ताले ९.०९ प्रतिशतका दरले कमाएका छन् ।