Dhulikhel Eco Banner new

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.96K
shares

काठमाडौं, १० माघ । बिहीवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार ११.१० अंकले बढेर २,६५४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ७ अर्ब ८५ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सुपर मादी हाइड्रोपावर र मनदाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतको दरले घटेर नकारात्मक सर्किट लागेको हो ।

यसदिन जानकी फाइनान्सका लगानीकर्ताले ७.४७ प्रतिशतका दरले गुमाएका छन् भने पोखरा फाइनान्सका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी नेपाल फाइनान्सका लगानीकर्ताले ४.८७ प्रतिशतका दरले गुमाएका छन् ।