शेयर बजारमा ६ अर्ब ९६ करोड कारोबार हुँदा यी ५ कम्पनीको सर्वाधिक कारोबार
वि.सं.२०८१ माघ २८ सोमवार १५:३९
3.5K
shares
shares

काठमाडौं, २८ माघ । शेयर बजारमा ६ अर्ब ९६ करोडको कारोबार हुँदा एनआरएमको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको २४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
यसदिन सीएचडीसीको १५ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यसैगरी एनआरएनको १४ करोड ४७ लाखको शेयर कारोबार भएको छ भने नेपाल रिइन्स्योरेन्सको १३ करोड ७९ लाखको शेयर कारोबार भएको छ ।



















