Dhulikhel Eco Banner new

शेयर बजारमा १४९ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

3.07K
shares

काठमाडौं, ६ फागुन । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ११.९१ अंकले बढेर २,७३९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन १० अर्ब ४३ करोडको कारोबार भएको हो ।

शेयर बजारमा सप्तकोशी विकास बैंक र केबिएल ऋणपत्रका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी २ कम्पनीको शेयर मुल्य १० प्रतिशतका दरले गुमाएका छन् ।

यसदिन भुगोल इनर्जीका लगानीकर्ताले ८.९५ प्रतिशतका दरले गुमाएका छन् भने एक्सल विकास बैंकका लगानीकर्ताले ५.९९ प्रतिशतका दरले गुमाएका छन् । त्यसैगरी बोर्टलस नेपाल बालाजुका लगानीकर्ताले ५.८४ प्रतिशतका दरले गमाएका छन् ।