Dhulikhel Eco Banner new

झिनो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.13K
shares

काठमाडौं, ८ फागुन । बिहीवार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार ३.१४ अंकले घटेर २,७४३ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ८१ कम्पनीको शेयर मूल्य बढेको छ भने १५८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ६२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ ।

यसदिन विन लघुवित्तका लगानीकर्ताले ९.६९ प्रतिशतका दरले कमाएका छन् भने अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ९.१४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी,लक्ष्मी लघुवित्तका लगानीकर्ताले ८.२१ प्रतिशतका दरले कमाउका छन् भने उपकार लघुवित्तका लगानीकर्ताले ८.१० प्रतिशतका दरले कमाएका छन् ।