Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकले गिरावट, १९१ कम्पनीको शेयर मूल्य घट्यो

3.15K
shares

काठमाडौं, २६ फागुन । सोमवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २०.६८ अंकले घटेर २,७५१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९१ कम्पनीको शेयर मूल्य घटेको छ भने ८ कम्पनीको शेयर मूल्य स्थीर रहेको छ । यसदिन ८ अर्ब ३७ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा समृद्ध लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशतका दरले बढेको छ ।

शेयर बजारमा उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.९८ प्रतिशतका दरले गुमाएका छन् ।