Dhulikhel Eco Banner new

दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो

3.37K
shares

काठमाडौं, ८ जेठ । बिहीवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार १९.४० अंकले बढेर २,६८८ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १०४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन ९ अर्ब ८२ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले बढेको शेयर बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।