Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, १५३ कम्पनीको शेयर मूल्यमा गिरावट

3.06K
shares

काठमाडौं, २२ जेठ । बिहीवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.४९ अंकले घटेर २,६४१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ र १ कम्पनीको स्थिर रहेको छ । यसदिन ७ अर्ब ९७ करोडको कारोबार भएको हो ।

शेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको छ ।

त्यस्तै, ओम मेगाश्री फार्मास्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ९.७४ प्रतिशतका दरले गुमाएका छन् ।