शेयर बजारमा ४५ अंकको पहिरो, २६०० मुनी झर्यो नेप्से
वि.सं.२०८२ असोज २२ बुधवार १५:१२
shares

काठमाडौं, २२ असोज । बुधवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४५.३६ अंकले घटेर २,५५९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको छ भने २३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । यसदिन ५ अर्ब ७६ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा सांग्रिला विकास बैंक ऋणपत्र २०८७का लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ७.०९ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी, प्रभु इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ६.१२ प्रतिशतका दरले गुमाएका हुन् ।



















