शेयर बजारमा २८ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ कात्तिक १३ बिहीवार १५:१९
shares

काठमाडौं, १३ कात्तिक । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३४.२२ अंकले बढेर २,६०० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ७ अर्ब ५१ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा एनआइबिएल स्टेबल फन्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ५.७० प्रतिशतका दरले गुमाएका हुन् ।
यसदिन सानिमा ग्रोथ फन्डका लगानीकर्ताले ५.२४ प्रतिशतका दरले गुमाएका छन् भने आशा लघुवित्तका लगानीकर्ताले ४.७९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरी, उपका। लघुवित्तका लगानीकर्ताले ३.९६ प्रतिशतका दरले गुमाएका छन् भने हिमालयन पावरका लगानीकर्ताले ३.७५ प्रतिशतका दरले गुमाएका छन् ।



















