बीमाको तथ्यांक पाउनै सकस !
वि.सं.२०७९ असार २२ बुधवार १८:५४
shares

काठमाडौं, २२ असार । समाचार कसरी लेख्ने ? समाचार लेख्नका लागि श्रोत चाहिन्छ । तथ्य र तथ्यांक चाहिन्छ । अझ आर्थिक समाचारमा तथ्यांकको छुट्टै महत्व छ । तथ्यांक बिनाको आर्थिक समाचार के समाचार ! तर त्यहीँ समाचार लेख्न तथ्यांकको खोजीमा कति भौतारिनु पर्छ भन्ने कुराको तथ्य हामी माझ छ ।
हामीहरु समाचारका लागि आवश्यक तथ्यांक माग्नका लागि सरकारी तथा गैर सरकारी निकायमा पुगिनै रहन्छौँ । आवश्यक सूचना ल्याउने र त्यसलाई केलाउने कर्ममा भएको भए कहीले कहाँ कहिले कहाँ जानै पर्छ । कतै जाँदा तथ्यांक पाइन्छ भने कतै तथ्यांक पाउनै मुस्किल हुने गर्छ ।
यो विषय लेख्दै गर्दा म मंगलबार तथ्यांक लिनका लागि हाम्रो कार्यालय रहेको मैतिदेवीबाट कुपण्डोलमा रहेको बीमा समितिमा पुँगे । बीमा समिति नेपालको बीमा क्षेत्रको नियमनकारी निकाय हो ।

कार्यालयबाट दुई वटा सवारी परिवर्तन गरेर गएको उपलब्ध भने शून्य भयो । खाली कार्यालय परिसरको दर्शन गर्ने र कार्यालयका केही कर्मचारीसँग भेट हुने बाहेक अरु कुने पनि त्यस्तो उपलब्धी हुन सकेनन् । म खासमा बीमा समितिमा बीमा भुक्तानी नगरेको, भुक्तानी गरेको पनि चित्त नबुझेको र बीमा कम्पनीको लाईसन्सका लागि के कति मात्रामा निवेदन परेका छन् भन्ने विषयको जानकारी लिन समिति पुगेको थिएँ ।
बीमा कम्पनीको लाइसन्सका लागि निवेदन नै नपरेको जानकारी प्रवक्ता राजुरमण अधिकारीले मलाई फोनबाट दिइसक्नु भएको थियो । उहाँले त्यसो भने पनि आधा दर्जन बढी कम्पनीहरुले लाइसेन्सका लागि आवेदन दिएको अध्यक्षले नै यस अघि पुष्टि गरिसक्नु भएको छ । खैर, कार्यकारी निर्देशकले नै त्यसो भने पछि बीमा समितिको कार्यालय पुग्दै गर्दा तथ्यांक माग्ने विषय एउटा मात्रै बाँकी रहयो । तर त्यहि पनि विवरण पुरानो छ । नयाँ आए पछि दिउँलानी भने पछि त्यो पनि हातलाग्यो शून्य भयो ।
समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेललाई फोन गरेर कार्यालय पुगेको म रित्तो हात फर्किनु परो । कुनै पनि सरकारी कार्यालयले हरेक महिनामा गरेको कामका प्रगति विवरण तयार पार्नु पर्ने हुन्छ । तर बीमा समितिसँग अहिले पनि भुक्तानी नगरेको विषयमा परेका उजुरी र त्यस माथि भएको कारर्वाहीको विवरण वैशाख महिनासम्मको मात्रै छ । जेठ महिनाको तथ्यांक छैन र अब केही दिनमा सबै आउँछ त्यस पछि उपलब्ध गराउँदा भन्ने जबाफ पाइयो ।
हामीले प्रवक्तासँग नै कुनै कार्यालयको सूचना माग्ने र लिने हो । तर प्रवक्ता राजुरमण पौडेल बैठकमा जाने भए पनि उनले समितिका उपनिर्देशक विरोध भट्टलाई भेट्न भने । प्रवक्ताले भनेअनुसार नै समितिको कार्यालयमा पुगेर दुई चार जना व्यक्तिलाई सोध्दै भट्टसँग भेट पनि गरे । दुई जनाबीच केही समय कुराकानी भयो । त्यतिकैमा मैले आफू उनलाई भेट्न आउनुको कारण र आवश्यक पर्ने औजार (पत्रकारितामा चाहीने तथ्यांक) को लागि आएको जानकारी गराएँ ।
उनले तत्कालै भने अहिले सबै विवरण तयार भइसकेको छैन् । केही दिन लाग्छ । पुरानो विवरण लिएर के गर्नु हुन्छ ! यतिको महत्वपूर्ण समय लिएर यति टाढाबाट गएको म खाली हात फर्कनु पर्ने भए पछि खिन्न भएँ ।
मलाई पनि लाग्यो पुरानो विवरण लिएर त के काम ? अनि जुन उत्साह लिएर गएको थिए । जुन रुपमा नयाँ समाचार लेख्ने हुटहुटीका साथ त्यहाँ गएको थिएँ त्यो पुरा भएन र निराश हुँदै पुनः मतिदेवीमा रहेको कार्यालयमा फर्किए । भट्टले भनेअनुसार वैशाखको भन्दा पछिको विवरणमा करिब २५–३० वटा उजुरी थप भएका छन् । उनले फेरि नयाँ दिदाँ पो राम्रो होला नी भन्दै मलाई केही उत्साहित बनाउने प्रयास पनि गरे । अनि म उनलाई आफ्नो भिजिटिङ कार्ड दिएर उनको फोन नम्बर लिएर फर्किए ।
तथ्यांक समितिले हरेक महिना बनाउनु पर्ने हो तर असारको २१ गते विवरण माग्न जाँदा पनि वैशाखको विवरण छ । नयाँ विवरण केही दिनमा आउँछ भन्दा हरेक महिना विवरण अध्यावधिक हुँदैन कि भन्ने पनि लाग्यो । तर उनलाई प्रश्न भने गरिन । प्रवक्ता राजुरमण पौडेलसँग भएको भए म यो प्रश्न अवश्य सोध्ने थिएँ । तर उनीसँग यसको उत्तर नहोला भन्ने मनमा लाग्यो र म खाली हात फर्किए ।
मंगलबारको यो हिँडाइ र विवरण नपाउँदाको पीडाको बीच मेरो मनमा कता–कता कर्मचारीहरुले विवरण नै पो नबनाउने हुन कि भन्ने पनि लाग्यो । तर वैशाखसम्मको छ भने पछि केही प्राविधिक कारण विवरण तयार नभएको पनि हुन सक्छ वा आर्थिक वर्षको अन्तिममा सबै एकै पटक तयार पार्नु परिहाल्छ भनेर पो यस्तो भएको हो कि ?
समितिमा मैले भेटेका भट्टले पनि पुरानो तथ्यांकभन्दा नयाँ लेटेष्ट विवरण भयो भने राम्रो हुन्छ नि तपाइलाई पुरानो लिएर के गर्नु हुन्छ भने । अनि फेरि तपाईलाई केही दिनमा उपलब्ध गराउँला पनि भने । मिडियामा नयाँ नयाँ जानकारी दिने हो तर पुरानो विवरण त्यो पनि २ महिना पुरानो । त्यसो गर्दा मेरो व्यक्तिगत र संस्थाप्रतिको पाठकको विश्वासमा समेत आघात पुग्ने लागेर पुरानै भए पनि विरण दिनुन त भन्न मनै लागेन् ।
फेरि अहिले पत्रकारलाई सजिलो कहाँ छ र किन दुई महिना पुराना विवरण राखेको ? यसमा के लुकेको छ ? जस्ता सामाजिक सञ्जालमा आउने प्रश्नबाट बच्नका लागि पनि पुरानो विवरण ल्याइन र समाचार बनाइन् ।
अब फेरि यस्तो किन लेखेको भनेर पनि कमेन्ट आइनै हाल्छ । तर यो पढिसके पछि सायद बीमा समितिले हरेक महिनाको विवरण महिनाको सुरुमा नै तयार पार्ला भन्ने हो । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति जस्ता नियमनकारी निकायहरुले यस्ता तथ्यांकहरु समयमा नै सार्वजनिक गरे संस्थागत सुशासनका लागि पनि धेरै राम्रो हुने थियो ।



















