GBIME

प्रचण्डलाई जुत्ता हान्छु भन्ने व्यत्ति पक्राउ

1.83K
shares

काठमाडौं, २५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जाल फेसबुकमा लेख्ने व्यक्ति पक्राउ परेका छन् ।

दाङको तुलसी उपमहानगरपालिका ३ का ५२ वर्षीय यज्ञबहादुर बुढालाई शनिबार प्रहरीले पक्राउ गरेको दाङका एसपी सुरेश काफ्लेले नेपालखबरलाई जानकारी दिए ।

चितवनमा प्रचण्डको भाषणपछि उनले प्रचण्डलाई अब म जुत्ता हान्छु भन्दै फेसबुकमा लेखेको प्रहरीले जनाएको छ ।

उनी माओवादीकै पूर्व कार्यकर्ता हुन्। तर पछिल्लो समय माओवादी त्यागेर अनलाइन सञ्चालन गर्दै आएका छन्। उनी यसअघि पनि पक्राउ परेका थिए ।