Dhulikhel Eco Banner new

सन्दीप लामिछानेलाई क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गर्यो

4.77K
shares

काठमाडौं, २१ असार । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले ए ग्रेडको खेलाडीमा अनुबन्धन गरेको छ।

नेपाल क्रिकेट संघ क्यानको असार २० गते बिहीबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक टी २० अन्तर्राष्ट्रिय प्रतियोगितामा १०० विकेट लिन सफल भएकोमा सन्दीप लामिछानेलाई बधाई दिदै उनलाई जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्धन गर्ने निर्णय गरेको हो ।