Dhulikhel Eco Banner new

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न सकिने

5.68K
shares

काठमाडौं, १ श्रावण । नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ ।

यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल तिर्न मिल्थ्यो । आजदेखि भने बिहान ८ देखि राति १२ बजेसम्म बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ ।

गएको जेठ ३० गतेको सञ्चालक समितिको निर्णयअनुसार आजदेखि लागू हुनेगरी बिहान ८ देखि राति १२ बजेसम्म अनलाइनमार्फत बिल तिर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि प्राधिकरणले वितरण केन्द्रहरूलाई अनलाइन डाटा तयार गरेर हरेक दिन बिहान पौने ८ बजेभित्र पठाउन पनि निर्देशन दिएको छ ।