Dhulikhel Eco Banner new

टेनिस स्टार रोजर फेडेररले सन्यास लिने

5.99K
shares

काठमाडौं, ३० भदौ । लामो समय चोटसँग जुधिरहेका टेनिस स्टार रोजर फेडेररले टेनिसबाट सन्यास लिने घोषणा गरेका छन् । जीवनमा २० औँ पटक ग्रान्ड स्लाम उपाधि जितेका फेडररले यसै महिना हुने लेभर कप पछि सक्रिय खेल जीवनबाट सन्यास लिने घोषाणा गरेका हुन् ।

‘मैले २४ वर्षमा १५ सयभन्दा बढी खेल खेलेको छु । अब मैले मेरो प्रतिस्पर्धी करियरको अन्त्य गर्ने समय हो भनेर बुझ्नुपर्छ । टेनिसलाई म माया गरिरहने छु’ फेडररले भने । ४१ वर्षीय फेडरर सन् २०२१ मा भएको विम्बलडनदेखि नै टेनिस खेलबाट टाढा छन् । फेडरर गएको तीन वर्षदेखि घुँडाको समस्यासँग जुधिरहेका छन् ।