म्यानचेष्टर डर्बीमा युनाइटेडको लाजमर्दो हार
वि.सं.२०७९ असोज १६ आइतवार २०:५५
shares

काठमाडौं, १६ असोज । यो सिजनको पहिलो म्यानचेष्टर डर्बिमा म्यानचेष्टेर युनाइटले नराम्रो पराजय भोगेको छ । म्यानचेष्टर सिटीको घरेलु मैदानमा भएको खेलमा सीटी ६–३ गोल अन्तरले विजयी भएको हो ।
पहिलो हाफमा नै ४ गोलको अग्रता लिएको सिटीका लागि एर्लिंग हालान्ड र फिल फोडेनले ह्याट्रिक पुरा गरे । युनाइटेडका लागि एन्थोनी मार्शलले दुई र एन्टोनी एक गोल फर्काए ।
फोडेनले खेलको ८, ४४ र ७२ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यस्तै हालान्डले खेलेको ३४, ३७ र ६४ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । युनाइटडका लागि मार्शलले खेलको ८४ र अतिरिक्त समयमा गोल गरे भने एन्टोनीले ५६ औँ मिनेटमा गोल गरे ।
यो सिजसँगै सिटीले ८ खेलबाट २० अंक बनाएको छ र उ तालिकाको शिर्ष स्थानमा रहेको आर्सनलभन्दा १ अंकले मात्रै पछि रहेको छ । यता पराजित युनाइटेड भने ७ खेलबाट १२ अंकका साथ तालिकाको छैटौँ स्थानमा रहेको छ ।



















