Dhulikhel Eco Banner new

च्याम्पियन्स लिग फुटबल : बार्यनको फराकिलो जित

5.25K
shares

काठमाडौं, १९ असोज । च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति बायर्नले भिक्टोरिया प्लेजेनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

बायर्नको जितमा लोरीयो सानेले दुई गोल गरे । सेर्जी जिनाब्री, साडियो माने र एरिक म्याक्सिम मोटिङले एक–एक गोल गरे । खेलको सातौं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १३ औँ मिनेटमा जिनाब्रीले टिमको अग्रता दोब्बर बनाए । मानेले खेलको २१ औं मिनेटमा गोल गर्दै बायर्नको अग्रता ३–० को बनाए ।

खेलको ५० औं मिनेटमा सानेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ४–० को बनाए । त्यसपछि खेलको ५९ औं मिनेटमा एरिकले गोल गर्दै टोलीलाई ५–० को जित दिलाए । जितसँगै बायर्नले समूह चरणमा अपराजित यात्रा कायम राखेको छ ।

समूह ‘सी’ मा रहेको बायर्न ३ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । प्लेजेन अंक विहीन रहदै पुछारमा रहेको छ ।