Dhulikhel Eco Banner new

सन्दीप लामिछानेलाई अदालतमा उपस्थित गराइदै

4.9K
shares

काठमाडौं, २४ असोज । नाबालिगलाई बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई आज सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराईने भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिहीबार पक्राउ परेका सन्दीपलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो ।

दशैँको बिदाका कारण अदालत बन्द रहेकाले उनलाई आज अदालतबाट म्याद पग गर्न लागिएको हो । सन्दीपविरुद्ध भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । यस्तै भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

सन्दीपले १७ वर्षीया नाबालिगलाई भदौ ५ गते भक्तपुरको नगरकोट पुर्राएको त्यसपछि काठमाडौंको एक होटलमा ल्याएर रातको समय जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । तर, सन्दीपले आफुविरुद्ध झुटो आरोप लागेको बताउँदै कानुनी लडाई लड्ने बताउँदै आएका छन् ।