Dhulikhel Eco Banner new

टि–२० विश्वकप क्रिकेट : आयरल्याण्डसँग इंग्ल्याण्ड पराजित

5.85K
shares

काठमाडौं, ९ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आयरल्याण्डले इंग्ल्यान्डलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी प्रतियागितामा उपाधिको दाबेदारका रुपमा हेरिएको इंग्ल्याण्डलाई आयरल्याण्डले ५ रनले पराजित गरेको हो ।

मेलबर्न क्रिकेट ग्राउण्डमा इंग्ल्याण्ड माथि आयरल्याण्डले डीएल पद्दतिका आधारमा जित निकालेको हो । आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित गरेको थियो । वर्षाले खेल रोकिनु अघि इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ५ रन जोडेको थियो ।

इंग्ल्यान्डका लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । आयरल्याण्डका जोस लिटलले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन जोडेको थियो । आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले ६२ रनको अर्धशतकीय पारी खेले । लोर्कन टुकरले ३४ रन बनाए ।

इंग्ल्यान्डका आदील राशिद र मार्क उडले ३/३ विकेट लिए । यस जितसँगै आयरल्याण्डले २ खेलमा २ अंक जोडेको छ । आयरल्याण्ड समूह ए को तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।