भारतले प्रस्तुत गर्यो नदरल्याण्ड सामू १८० रनको लक्ष्य
वि.सं.२०७९ कात्तिक १० बिहीवार १४:४२
shares

काठमाडौं, १० कात्तिक । अष्ट्रेलियामा जारी टि–२० विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्डलाई जितका लागि १८० रनको लक्ष्य प्रस्तुत गरेको छ । सिड्नीमा टस जितेर पहिले ब्याटिङ् गरेको भारतले निर्धारीत २० ओभर २ विकेट गुमाएर १७९ रन बनाए पछि नेदरल्याण्डले सो लक्ष्य पाएको हो ।
नेदरल्याण्ड विरुद्ध भारतका तीन खेलाडीले अर्धशतक प्रहार गरे । उसका उपनर तथा कप्तान रोहित शर्मा, पूर्व कप्तान विराट कोहोली र सूर्या कुमार यादवले अर्धशतक प्रहार गरे । कोहोलीले सर्वाधिक ६२ रनको अविजित पारी खेले भने कप्तान रोहितले ५३ रन र सूर्या कुमार यादवले ५१ रनको अविजित पारी खेले । ओपनर लोकेश राहुल भने जम्मा ९ रनमा आउट भए ।
नेदरल्याण्डका लागि फ्रेड क्लासेन र पाँल भ्यान मिकरेन एक–एक विकेट लिए । पहिलो खेलमा पाकिस्थानलाई पराजित गरेको भारत आजको खेलमा पनि जित हासिल गर्ने योजनामा रहेको छ । पहिलो खेलमा बंगलादेशसँग पराजित नेदरल्याण्ड भने पहिलो जितको खोजिमा हुने छ ।



















