कमजोर साउदी अरबसँगै हार्यो अर्जेन्टिना
वि.सं.२०७९ मंसिर ६ मंगलवार १७:५७
shares

काठमाडौं, ६ मंसिर । विश्वकप फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ ले पारजित भएको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि दाबेदार अर्जेन्टिना पराजित भएको हो । खेलको १० औँ मिनेटमा कप्तान लियोनेल मेसिले पेनाल्टीबाट गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा भने जोगाउन सकेन् ।
साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण तीन अंक हासिल गर्न सफल भायो । साउदीको जितमा सालेह अल–शेहरी खेलको ४८ औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यस पछि खेलको ५३ औँ मिनेटमा सलेम अल–दौसारी गोल गर्दै टोलिलाई अग्रता दिलाए ।
त्यस पछिको समयमा दुवै टोलिले गोल गर्न नसकेपछि साउदी अरब विजयी भयो । लियोनेल मेसिको टोलि अर्जेन्टिनालाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ । तर पहिलो खेलमा नै पराजित भएपछि उसको उपाधि यात्रामा समेत धक्का लागेको छ ।



















