Dhulikhel Eco Banner new

एसीसी प्रिमियर कपका लागि नेपाली टोली घोषणा

7.09K
shares

काठमाडौं, ३ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ । आउँदो मंगलबारदेखि सुरु हुने प्रिमियर कपका लागि नेपालले १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीको कप्तानको जिम्मेवारीमा रोहित कुमार पौडेल रहेका छन् । त्यस्तै कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी र ललित राजवंशी रहेका छन् । यस्तै अर्जुन साउद सन्दीप जोरा सूर्य तामाङ र किशोर महतोलाई ‘रिजर्भ’ खेलाडीमा राखिएको छ ।

एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

प्रिमिय प्रतियोगिताको समूह ’ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् । समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले समूह चरणका तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मुलपानी मैदानमा खेल्नेछ ।