मलेसिया विरुद्ध नेपाललाई पहिलाे झड्का
वि.सं.२०८० वैशाख ५ मंगलवार १३:३७
shares
फाइल तस्वीर
काठमाडौं, ५ वैशाख । । एसीसी प्रिमियर कप क्रिकेटमो मलेसिया विरुद्धको खेलमा नेपाललाई सुरुवाती झड्का लागेको छ । मलेसिया विरुद्ध २३६ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर आशिफ शेख १ रनमा आउछ भएका छन् ।
अहिले क्रिजमा कुशल भुर्तेल र भीम सार्की रहेका छन् । यो समाचार तयार पार्दा नेपालले ३ ओभरमा १ विकेट गुमाएर १३ रन बनाएर खेलिरहेको छ । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रनको योगदान दिए । त्यस्तै विरनदीप सिंह ४६ रन बनाए । खिजर हयात २२ रनमा आउट भए । त्यस्तै स्याजरुल इजत इद्रसले २१ रनको योगदान दिदा ओपनर मोहम्मद अमिर अजीम १७ रनको पारी खेले । बलिङ तर्फ नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिए । त्यस्तै ललित नाराण राजवंशी र २ विकेट लिए भने गुल्सन झाले एक विकेट लिए ।
यो प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउने भएकाले प्रतियोगिता निकै महत्वपूर्ण रहेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेको नेपाली टोलि आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवता गर्ने योजनामा रहेको छ । नेपाल घरेलु मैदानमा पछिल्ला ११ खेलमा अपराजित रहेको छ ।
मलेसिया पनि नेपाललाई हराएर प्रतियोगितामा जितबाट सुरुआत गर्ने योजनामा छ । नेपालले पछिल्लो पाँच खेलमा मलेसियाविरुद्ध हार व्यहोरेको छैन । पछिल्लो पटक नेपालले २०१८ मा मलेसियासँग एसिया कप छनोटमा प्रतिस्पर्धा गरेको थियो । मलेसियामै भएको खेलमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।



















