GBIME

सन्दीप भोलि दक्षिण अफ्रिका जाने

1.41K
shares

काठमाडौं, २१ जेठ । सन्दीप लामिछाने विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि (सोमबार) दक्षिण अफ्रिका जाने भएका छन् । जिल्ला अदालत काठमाडौंले आगामी पेशी असार २९ गतेलाई सारेपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई दक्षिण अफ्रिका पठाउने भएको हो ।

यसअघि गत मङ्गलबर राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ । अदालतमा विचाराधीन मुद्दाका कारण सन्दीप टोलीसंगै जान पाएका थिएनन् । प्रत्येकपटक पेशी तोकिएको २१ दिनभित्र अनिवार्य अदालत उपस्थित हुनुपर्ने प्रावधानका कारण सन्दीप टोलीसँग जान नपाएर छुटेका हुन् ।

सन्दीपलाई राष्ट्रिय टोलीका लागि खेल्न सहज होस् भन्दै उनका कानुनी सहयोगीहरुले अदालतलाई अर्को पेशी डेढ महिना पछाडि सार्न निवेदन दिएका थिए । अदालतले सो निवेदनलाई स्वीकृत गरेपछि सन्दीपको दक्षिण अफ्रिका यात्रा सम्भव भएको हो ।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास म्याच खेल्दैछ । त्यसपछि त्यतैबाट जिम्बाबेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछ ।