Dhulikhel Eco Banner new

प्रतितोला १ हजार ५ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

2.25K
shares

काठमाडौं, ६ फागुन । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार मंगलवार प्रतितोला ३ लाख १ हजार ९ सयमा कारोबार भएको छापावाल सुन बुधवार घटेर प्रतितोला ३ लाख ४ सयमा कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर बुधवार ४ हजार ८ सय ८० रुपैयाँमा कायम भएको छ । यसअघि चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।